चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रसारणको अधिकार एक्सन स्पोर्ट्स एचडी १ले लिएको छ।
यस सिजनको चाइनिज सुपर लिगअन्तर्गत मंसिर २६ गते आइतबारदेखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एचडी १ मा प्रत्यक्ष प्रसारण हुनेछन्।
पहिले चाइनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फुटबल एसोसिएसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिग (सीएसएल) को नामबाट सुरु भएको थियो।
चाइनिज सुपर लिगको यस सिजनमा कुल १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्।
चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडिहरुका लागि पनि आकर्षक लिगका रुपमा लिइन्छ। यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दै छन्।
ला लिगा, एफ ए कपको नेपालमा आधिकारिक प्रशारण गरिरहेको एकमात्र नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एचडी १ र एचडी २ च्यालनमार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु प्रसारण गरिरहेको छ।
Shares

प्रतिक्रिया