खेल


ए डिभिजन लिगमा आज १ खेल मात्रै हुने

ए डिभिजन लिगमा आज १ खेल मात्रै हुने

नेपालखबर
मंसिर २६, २०७८ आइतबार १२:१४, काठमाडौँ

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको एक खेल मात्रै हुँदै छ। 

आज हुने खेलमा रुस्लान थ्रीस्टार क्लव र एपीएफ फुटबल क्लव भिड्दै छन्। थ्रीस्टार दोस्रो जितको खोजीमा हुँदा एपीएफ पहिलो जितको लागि संघर्ष गर्नेछ। 

जारी लिगमा कमजोर देखिएका दुवै टोली अपेक्षा अनुसारको प्रर्दशन गर्न सकेका छैनन्। 

खेल, त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ पौने ५ बजे सुरु हुनेछ। 

लिग चरणको पहिलो खेलमा थ्रीस्टारले च्यासल युथ क्लवलाई ३–० को फराकिलो अन्तरले पराजित गरेको थियो। 

दोस्रो चरणमा थ्रीस्टार सातदोबाटोसँग १–० र तेस्रो चरणमा थ्रीस्टार र फ्रेण्ड्स क्लवसँग एक एक गोलको बराबरी गर्दै अंक बाँडेको थियो। 

उता एपीएफ फुटबल क्लव भने ब्रिगेड ब्वाईज क्लवसँग ३–२, च्यासलसँग १–० र नवप्रवेशी सातदोबाटो युथ क्लवसँग ४–१ को फराकिलो हार व्यहोरेको थियो।  

लिगको अंक तालिकामा थ्रिस्टार ४ अंकमा आठौँ स्थानमा छ। अंकको खाता खोल्न नसकेको एपीएफ भने पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad