इंग्ल्याण्डसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अष्ट्रेलियाले ९ विकेटको शानदार जित हात पारेको छ । इंग्ल्याण्डले जितको लागि दिएको केवल २० रनको लक्ष्य अष्ट्रेलियाले १ विकेट गुमाउँदै पूरा गरेको हो।
पहिलो इनिङ्गमा २७८ रनले पछि परेको इंग्ल्याण्डले दोस्रो इनिङ्गमा सम्हालिँदै २९७ रन बनाएको थियो। यससँगै अष्ट्रेलियाले २० रनको लक्ष्य पाएको हो। पहिलो इंनिङ्गमा इंग्ल्याण्डले केवल १४७ रन बनाएको थियो।
इंग्ल्याण्डलाई सस्तैमा रोक्न अष्ट्रेलियाका प्याट कमिन्सले ५ विकेट लिएका थिए। मिचेल स्टार्क र जोस हजलवुडले समान २/२ विकेट लिए।
अष्ट्रेलियाले पहिलो इनिङ्गमा ४२५ रन बनाएको थियो। उसका लागि डेभिड वार्नरले ९४, मार्नस लाबुस्चेनले ७४ र ट्रेभिस हेडले १५२ रनको पाली खेलेका थिए। इंग्ल्याण्डका मार्क वूड र ओली रोबिनसनले समान ३/३ विकेट लिएका थिए। क्रिस वोक्सले २ विकेट लिए।
दोस्रो इनिङ्गमा इंग्ल्याण्डका जो रुटले ८९ र डेभिड मलानले ८२ रन बनाउँदै पालीलाई सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। दोस्रो इनिङ्गमा अष्ट्रेलियाका नाथान लायनले ४ र प्याट कमिन्स तथा क्यामरुन ग्रिनले २/२ विकेट लिए।
Shares

प्रतिक्रिया