खेल


पुबुदु नेपालको नयाँ प्रशिक्षक बन्ने पक्का, आईसीसीको स्वीकृति पर्खिंदै क्यान

पुबुदु नेपालको नयाँ प्रशिक्षक बन्ने पक्का, आईसीसीको स्वीकृति पर्खिंदै क्यान

यज्ञराज जोशी
मंसिर २४, २०७८ शुक्रबार १४:३, काठमाडौँ

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ प्रशिक्षक पुबुदु दासानायके बन्ने पक्का भएको छ। 

नेपाल क्रिकेट संघ(क्यान)को प्रशिक्षक छनोट समितिले राष्ट्रिय टोलीको नयाँ प्रशिक्षकका लागि क्यानेडेली प्रशिक्षक पुबुदु दासानायकेको नाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई बिहीबार साँझ पठाइसकेको छ। 

'हामीले आईसीसीलाई उहाँको नाम बुझाइसकेका छौं। केही दिनभित्र आईसीसीले स्वीकृत गरेपछि उहाँ नेपालको नयाँ प्रशिक्षक बन्नुहुनेछ,' प्रशिक्षक छनोट समितिका एक सदस्यले नेपालखबरसँग भने।

आईसीसीको स्वीकृति पाउँने बित्तिकै केहीदिनमै पुबुदु नेपाल आउँने र राष्ट्रिय टोलीको बन्द प्रशिक्षक सुरु गरिने क्यानले जनाएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा आवेदन दिएका ६० जनामध्ये अन्तिम ५ जनाको अन्तर्वार्ता लिएको छ। 

जसमा भारतीय प्रशिक्षक मोन्टी देसाईसँगै  राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुबुदु,  श्रीलंकाका अशंखा गुरुसिंहा, न्यूजिल्याण्डका ग्रान्ट ब्राडवर्न र श्रीलंकाका रुवान कल्प थिए।

क्यानले कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा ५ पाँच सदस्यीय मुख्य प्रशिक्षक छनोट समिति गठन गरिएको थियो। छनोट समितिमा समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) का एक प्रतिनिधि थिए। 

समितिले मोन्टी देसाईलाई १ नम्बरमा छनोट गरेपनि उनीसँग पारिश्रमिक र समयको कुरा नमिलेपछि पूर्व प्रशिक्षक पुबुदु प्रशिक्षक बन्ने पक्का भएको हो।

नेपाली क्रिकेट टोलीका सफल प्रशिक्षकमध्येका एक दासानायकेले सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालेका थिए। उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मो पहिलो पटक टी-२० विश्वकप खेलेको थियो। पुबुदुको प्रशिक्षणमा नेपालले डिभिजन ४ देखि ३ सम्म उपाधि जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .