च्याम्पियन्स लिगअन्तर्गत बिहीबार राति भएको खेलमा एटलान्टामाथि ३–२ को कठिन जित हात पार्दै भिल्लारियल नकआउट चरणमा प्रवेश गरेको छ।
बुधबार राति हुने तय भएको खेल अत्यधिक हिमपातको कारण बिहीबार रातिको लागि सारिएको थियो। भिल्लारियलले खेलको पहिलो हाफमा नै २–० को अग्रता लिएको थियो।
दोस्रो हाफमा उसले एक गोल थपेको थियो। एटलान्टाले दुई गोल फर्काए पनि त्यो जितको लागि पर्याप्त हुन सकेन।
समूह एफबाट यसअघि नै म्यानचेस्टर युनाइटेड नकआउट चरणमा पुगिसकेको छ। भिल्लारियललाई नकआउट चरणमा पुग्न एटलान्टासँगको खेलमा कम्तीमा बराबरीको नतिजा आवश्यक थियो।
६ खेलबाट भिल्लारियलले १० अंक हात पारेको छ भने समान खेलबाट एटलान्टाको ६ अंक छ।
36
Shares

प्रतिक्रिया