च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको समूह एफको खेलमा म्यानचेस्टर युनाइटेड र योङ ब्वाइज क्लबले १–१ को बराबरी खेलेका छन्।
खेलको नवौं मिनेटमा नै युनाइटेडले मासुन ग्रिनवुडको गोलबाट १–० को अग्रता लिए पनि खेलको ४१ औं मिनेटमा योङ ब्वाइजका १९ वर्षीय फाबियन रिएडेरले बराबरी गोल फर्काए।
यससँगै युनाइटेडले समूह विजेतामा आफ्नो स्थान पक्का गरेको छ भने बराबरीका बाबजुद योङ ब्वाइज अन्तिम स्थानमा छ। अब भिलारियल र एटलान्टाबीचको खेलले माथिल्लो चरणमा पुग्ने अर्को टोलीको टुङ्गो लगाउनेछ।
153
Shares

प्रतिक्रिया