च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह एचको खेलमा चेल्सी र जेइन्ट सेन्ट पिटसबर्गले ३–३ को बराबरी खेलेका छन्।
बुधबार राति भएको खेलमा सुरुवाती अग्रता बचाउन नसक्दा चेल्सीले बराबरीमा चित्त बुझाउनुपरेको हो।
अर्को खेलमा युभेन्टस तुलनात्मकरुपमा कमजोर मानिएको माल्मो एफएफ क्लबलाई १–० गोलले पराजित गर्दै समूह विजेता बनेको छ।
युभेन्टसले ६ खेलबाट १५ अंक हात पारेको छ भने चेल्सीले समान खेलबाट १३ अंक हात पारेको छ। यी दुवै टोलीले यसअघि नै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए।
72
Shares

प्रतिक्रिया