लिभरपुल च्याम्पियन्स लिगको समूह चरणका सबै खेल जित्दै नकआउट चरणमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा मंगलबार राति एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले शतप्रतिशत जितको नतिजा कायम राखेको हो।
समूह बीमा रहेको लिभरपुलले ६ खेलबाट १८ अंक हात पारेको हो।
समूह बीको मंगलबार राति नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले फुटबल क्लब पोर्टोलाई ३–१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। एथ्लेटिकोले ६ खेलबाट ७ अंक हात पारेको हो।
42
Shares

प्रतिक्रिया