च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको समूह एको खेलमा पेरिस सेन्ट जर्मेनले क्लब ब्रुग्समाथि ४–१ गोल अन्तरको जित हात पारेको छ।
पीएसजीलाई जिताउन कायलिन एमबाप्पे र लियोनेल मेस्सीले समान दुई गोल गरे। यससँगै एमबाप्पेले सबैभन्दा कम उमेरमा च्याम्पियन्स लिगमा ३० गोल पुर्याउने कीर्तिमान कायम गरेका छन्।
पीएसजीले यसअघि नै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो। मंगलबार राति भएको अर्को खेलमा म्यानचेस्टर सिटी भने आरबी लेइपजिगसँग २–१ गोल अन्तरले पराजित भएको छ।
हारका बाबजुद सिटी समूह विजेता बनेको छ भने पीएसजी उपविजेताको हैसियतमा नकआउट चरणमा प्रवेश गरेको छ।
126
Shares

प्रतिक्रिया