राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
संघका अध्यक्ष दीपक श्रेष्ठ र महासचिव शिव सुन्दर गोथेलगायतका संघका पदाधिकारी मंगलबार राखेपमा पुगेर सदस्यसचिव सामु ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।
जिल्ला, क्षेत्र, राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी, पदक विजेता खेलाडीहरूको परिचय पत्रसहित सबैका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरी वर्गीकरणका आधारमा नीति बनाउनुपर्ने, दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई सरकारले खेल जीवन पछि स्वदेशमा नै बस्ने वातावरण बनाउनुपर्ने, साग, एसियाली खेलकुदका पदकधारी खेलाडी र ओलम्पियनले पाउँदै आएको आजीवन प्रोत्साहन भत्ताको कार्यविधि पास गराउन पनि संघले सदस्यसचिवको ध्यानाकर्षण गराएको छ।
राष्ट्रिय खेलाडी कल्याणकारी कोषमा अर्थ मन्त्रालयबाट बजेट विनियोजन हुँदै आएकोमा केही वर्षदेखि रोकिएको ध्यानाकर्षण पत्रमार्फत जानकारी गराएको छ।
Shares

प्रतिक्रिया