इंलिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसमाथि १–० को जित हात पारेको छ। युनाइटेडलाई जित दिलाउन खेलको ७७ औं मिनेटमा फ्रेडले निर्णायक गोल गरेका थिए।
जितसँगै प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले १५ खेलबाट २४ अंक हात पार्दै छैटौं स्थानमा उक्लिएको छ। आइतबारको खेलपछि युनाइटेडका प्रशिक्षक राल्फ रंगनिकले टोली आफूले सोचेको भन्दा राम्रो रहेको प्रतिक्रिया दिए।
उनले खेलको नतिजाभन्दा पनि समग्र खेलमा टोलीले नियन्त्रण राखेको र राम्रो फुटबल खेलेको बताए। युनाइटेडको प्रशिक्षकको रुपमा रंगनिकको लागि क्रिस्टल प्यालेससँगको खेल पहिलो हो।
42
Shares

प्रतिक्रिया