खेल


एमसीसीविरुद्ध नेपालः सोमपालले दिलाए ठूलो सफलता

एमसीसीविरुद्ध नेपालः सोमपालले दिलाए ठूलो सफलता

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार ७:१४,

विश्व प्रशिद्ध क्रिकेट क्लब मेरिलेबल क्रिकेट क्लब (एमसीसी)विरुद्ध काठमाडौंमा जारी प्रथम श्रेणीको क्रिकेटमा सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका छन्।

सोमपालले ३४औं ओभरमा विल रोड्सलाई बोल्ड पार्दै नेपाललाई ठूलो सफलता दिलाएका हुन्। रोड्स ७३ रनको अर्धशतकीय पारी खेल्दै पवेलियन फर्किए। उनको विकेटसँगै एमसीसीले ३४ ओभरमा २ विकेट गुमाएर १२१ रन बनाएको छ।

त्रिवि क्रिकेट मैदानमा बुधबार जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको एमसीसीका लागि अहिले टम वेस्ट्लीले ३१ रनमा खेलिरहेका छन् भने माइल्स हेम्मद भर्खरै क्रिजमा गएका छन्।

यसअघि सोमपाल कामीले नै ८.१ औं ओभरमा बिल्ली गोडलमनलाई १० रनमा ललितनारायण राजवंशीबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

नेपालको सुरुवाती ११ मा ज्ञानेन्द्र मल्ल, दीपेन्द्र ऐरी, राजु रिजाल, शरद भेषावकर, आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी, पवन सर्राफ, सन्दीप लामिछाने, ललित राजवंशी, करण केसी छन्।

यसै खेलबाट पहिलो श्रेणीको क्रिकेटमा नेपालका शरद भेषावकर र सोमपाल कामीबाहेक ९ जना खेलाडीले प्रथम श्रेणी क्रिकेटमा डेब्यू गरेका छन्।

नेपालले १४ वर्षपछि बुधबार प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको हो। सन् २००५ पछि नेपालले त्रिवि क्रिकेट मैदानमा बुधबार विश्व प्रशिद्ध क्लब मेरिलेबन क्रिकेट क्लब९एमसीसी०सँग प्रथम श्रेणीको क्रिकेट खेलेको हो।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले पनि यसै खेलबाट प्रथम श्रेणीको क्रिकेटमा डेब्यू गरे। ज्ञानेन्द्रसँगै टोलीका ९ सदस्यले पहिलोपटक सेतो ड्रेशमा रातो बलसँग प्रथम श्रेणीको क्रिकेट खेले। टोलीमा रहेका शरद भेषावकर र सोमपाल कामीले मात्रै प्रथम श्रेणी क्रिकेट खेलेका थिए।

गतवर्ष एकदिवसीय मान्यता पाएपछि एमसीसीले नेपालमा खेल्ने तीन दिवसीय खेललाई आईसीसीले फस्ट क्लास क्रिकेटको मान्यता दिएको हो।

अन्तराष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले टेष्ट मान्यता नपाएका राष्ट्रका लागि अन्तर महादेशीय कपको नाममा प्रथम श्रेणीको क्रिकेट सुरु गरेको थियो। सन् २००४ मा सुरु भएको यो प्रतियोगिताको नेपालले पहिलो पहिलो दुई संस्करण खेलेपनि त्यसपछि प्रतियोगितामा छनोट हुन सकेन।

सन् २००६ को आईसीसी अन्तर महादेशीय च्यालेन्ज कपमा नेपालले नामिबियाको मैदानमा बराबरी खेलेपछि कुनै पनि आईसीसीको पहिलो श्रेणीको क्रिकेट खेलेको छैन।

एमसीसीले यसअघिको नेपाल भ्रमणको पहिलो एकदिवसीय खेलमा यू–१९ टोलीलाई ५ विकेटले पराजित गर्दै नेपाल भ्रमणको सुरुवात गरेको थियो। लगत्तै अर्कोदिन भएको खेलमा नेपाली राष्ट्रिय टोलीले एमसीसी ५ विकेटले पराजित गर्यो।

तीनदिन प्रथम श्रेणीको क्रिकेट खेलेपछि एमसीसीको टोली पोखरा भ्रमणमा निस्कनेछ। पोखरामा पोखरा–११ र मुख्यमन्त्री–११ सँग मैत्रीपूर्ण खेल खेल्ने एमसीसीको कार्यक्रम छ। एमसीसी फाउन्डेशनले विकासिल देशहरुमा भ्रमण गर्ने उदेश्यसहित यो टूरको आयोजना गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad