कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लवका अजायी मार्टिनले ह्याट्रिक पुरा गरेका छन्।
शुक्रबार भएको तेस्रो चरणको दोस्रो खेलमा अजायीले विभागीय टोली एपीएफ फुटबल क्लवविरुद्ध पहिलो ह्याट्रिक पुरा गरेका हुन्। जारी लिगमा यो पहिलो ह्याट्रिक हो।
मार्टिनले खेलको ५८ औँ मिनेटमा गोल गर्दै लिगमा पहिलो ह्याट्रिक पुरा गरे। सुदिप गुरुङको प्रहारलाई गोलरक्षकले बचाउ गर्न नसकेपछि मार्टिनले सहजै गोलमा परिणत गरेका थिए।
त्यसअघि खेलको ४२ औं मिनेटमा मार्टिनको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो। कप्तान मानबहादुर तामाङको फ्रिकिक प्रहारलाई पेनाल्टी बक्सबाट एपिएफका खेलाडीले क्लीयरको प्रयास गरे त्यहि रिबाउन्डमा प्राप्त बललाई सुदीप गुरुङले पास निकाले र त्यहि बलमा मार्टिनले गोलमा परिणत गरे।
पहिलो हाफमा थप गरिएको ६ मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा मार्टिनले अर्को गोल थपेका थिए। पासाङ लामाले दिएको पासमा मार्टिनले प्रहार गरेको बललाई सब्टीच्युट गोलकिपर दिलकुमारले नियन्त्रणमा लिन सकेनन् त्यहि बलमा मार्टिनले हेड गर्दै अग्रतालाई दोब्बर पारे।
ह्याट्रिकसँगै मार्टिन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन्।
Shares

प्रतिक्रिया