पोखरामा शनिबार हुने फिस्टेल ट्रेल रेसको तयारी पूरा भएको छ। हिमालय ट्रेल रनिङको आयोजनामा हुने फिस्टेल रेसमा १८ देशका २ सय धावकले स्पर्धा गर्नेछन्।
रेसमा सहभागी हुन आजसम्म सबै धावक पोखरा पुग्ने ट्रेल रेसका व्यवस्थापक दीपक भट्टले जानकारी दिए। ट्रेल रेसमा सहभागी हुन अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, भारत, क्यानडा, अस्ट्रेलिया, पोल्यान्ड, जापानलगायत देशबाट धावक नेपाल आइपुगेका छन्।
रेसमा नेपालस्थित विभिन्न देशका दूतावास र कूटनीतिक नियोगका प्रतिनिधि पनि सहभागी हुने व्यवस्थापक भट्टले बताए।
३ इभेन्टमा हुने ट्रेल रेस ४२ किलोमिटर म्याराथन, २१ किलोमिटर र ५ किलोमिटरमा हुनेछ।
ट्रेल रेसमा नेपालबाहेक १७ देशका ७० धावक सहभागी हुनेछन्। ४२ किलोमिटरको म्याराथन छोरेपाटन्पस्थत डेभिज फलबाट सुरु भई विश्वशान्ति स्तुपा, पुम्दीकोट, भुम्दी हुँदै घाँटछिना झर्नेछन्। त्यहाँबाट देउराली हुँदै कास्कीकोट उक्लिएर सराङकोट पुगेर मेथलाङ हुँदै फेवाताल किनारको सेदीमा आइपुगेर रेस सकिनेछ।
२१ किलोमिटरको ट्रेल रेस डेभिज फलबाट सुरु भई विश्वशान्ति स्तुपा, चंखपुर, पँधेली, मेथलाङ हुँदै सेदीमा आएर सकिनेछ।
५ किलोमिटर इभेन्ट भने सेदीबाट सुरु भएर ग्यारजति, मेथलाङ हुँदै सेदीमै पुगेर सकिनेछ।
Shares

प्रतिक्रिया