सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आजदेखि तेस्रो चरणका खेल हुँदै छन्। शुक्रबार तेस्रो चरणका दुई खेल हुन लागेका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दशरथ रंगशालामा हुने शुक्रबारको पहिलो खेलमा फ्रेन्ड्स र थ्री स्टार क्लबबीच खेल हुनेछ। यो खेल १ बजे हुनेछ।
थ्री स्टारले आफ्नो पहिलो खेलमा च्यासललाई हराएको थियो भने दोस्रो खेलमा सातदोबाटोसँग पराजित भएको थियो। फ्रेन्ड्सले पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेले पनि दोस्रो खेलमा संकटसँग पराजित भएको थियो।
त्यस्तै पौने पाँच बजे सातदोबाटो र एपीएफबीच खेल हुनेछ। सातदोबाटोले एक जित र एक बराबरीसँगै दुई खेलबाट ४ अंक बटुलेको छ भने एपीएफले अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन। यसअघिका दुई खेलमा एपीएफ ब्रिगेड ब्वाइज र च्यासलसँग पराजित भएको थियो।
81
Shares

प्रतिक्रिया