खेल


फुटबल करियरमा रोनाल्डोको ८०० गोल पूरा

फुटबल करियरमा रोनाल्डोको ८०० गोल पूरा

नेपालखबर
मंसिर १७, २०७८ शुक्रबार ७:२०, काठमाडौँ

क्रिस्टियानो रोनाल्डोले आफ्नो फुटबल करियरमा ८०० गोल पूरा गरेका छन्। बिहीबार राति भएको प्रिमियर लिगअन्तर्गत आर्सनलविरुद्धको खेलमा गोल गर्दै ८०० गोल पूरा गरेका हुन्।

आर्सनलविरुद्धको खेलमा म्यानचेस्टर युनाइटेडले ३–२ को कठिन जित हात पारेको हो। खेलको १३ औं मिनेटमा १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै म्यानचेस्टर युनाइटेडले जित हात पारेको हो। 

रोनाल्डोले खेलको ५० औं मिनेटमा गोल गर्दै आफ्नो फुटबल करियरमा आफ्नो ८०० गोल पूरा गरेका थिए। उनले खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई जित दिलाए। 

यससँगै प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले १४ खेलबाट २१ अंक जोडेको छ। यसअघि लिगमा राम्रो प्रदर्शन गर्न नसकेको भन्दै क्लबले मुख्य प्रशिक्षक ओले गुनार सोस्कजारलाई बर्खास्त गरेको थियो। 

रोनाल्डोले म्यानचेस्टर युनाइटेडको लागि १३० गोल गरेका छन् भने रियल मड्रिडका लागि ४५० र युभेन्टसका लागि १०१ गोल गरेका छन्। त्यस्तै स्पोर्टिङ लिसबोनका लागि पाँच गोल र पोर्चुगलको लागि ११५ गोल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad