ad ad

खेल


चोटको कारण नेयमार आठ साता मैदान बाहिर रहने

चोटको कारण नेयमार आठ साता मैदान बाहिर रहने

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार ७:३८, काठमाडौँ

ब्रजिल र पीएसजीका फरवार्ड नेयमार चोटको कारण आठ सातासम्म मैदान बाहिर रहन सक्ने भएका छन्। बीबीसीका अनुसार गोलीगाँठोको लिगामेन्टमा असर परेसँगै उनले अबको आठ साता फुटबल खेल्न नसक्ने भएका हुन्।

पीएसजीले दिएको जानकारीअनुसार आइतबार भएको सेन्ट एटियनविरुद्धको खेलको अन्तिम समयमा उनी चोटग्रस्त भएका थिए। उनले अब लिग वान र च्याम्पियन्स लिगको केही खेल गुमाउनेछन्। 

पीएसजी फ्रान्सेली लिग वानमा १२ अंकको अग्रतासहित शीर्षस्थानमा छ भने च्याम्पियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ मा पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .