ad ad

खेल


राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

नेपालखबर
मंसिर १३, २०७८ सोमबार १७:६, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको हो।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सचिवालय सदस्यसमेत रहेका घिसिङलाई युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले सदस्यसचिवमा नियुक्त गरेको हो।

घिसिङ नेपाल रग्बी संघका अध्यक्ष तथा एशिया रग्बी संघका सदस्य समेत हुन्। 

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद ऐन, २०७७ को दफा १७ को उपदफा ३ बमोजिम सदस्य सचिव सिफारिसका लागि ३ सदस्यीय समिति गठन गरेका थिए। समितिमा मन्त्रालयका सह सचिव कमल प्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञवाली र हरि बहादुर श्रेष्ठ थिए। 

सदस्यसचिवमा आवेदन दिएका १८ जनाले आइतबार मन्त्रालयमा कार्ययोजना बुझाएका थिए। ती मध्येबाट समितिले घिसिङसहित अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो। 

सदस्य सचिव बन्नका लागि टंकलाल घिसिङसहित अच्युतम लामिछाने, ममता श्रेष्ठ, दीपक विष्ट, रविराज कर्णिकार, आरके विष्ट, छुम्बी लामा, मानबहादुर गुरुङ, सुदिल शाही, विनोदकुमार यादव, भरत महर्जन, राजकुमार कार्की, देवराज चौलागाई, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे र सुनिल नकर्मीले आवेदन दिएका थिए।  

गत कार्तिक १ गते तत्कालिन सदस्य सचिव रमेश कुमार सिलवाललाई बर्खास्त गरेपछि मन्त्रालयले ४ गते ७ दिनको समयावधि राखेर सदस्यसचिवका लागि दरखास्त आवेदन माग गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .