खेल


न्युजील्यान्डद्वारा इङ्ल्यान्ड १४ रनले पराजित

न्युजील्यान्डद्वारा इङ्ल्यान्ड १४ रनले पराजित

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार ८:५०,

पाँच खेलको यस शृंखलामा यो जितसँगै न्यूजील्याण्ड २–१ ले अघि भएको छ।

न्युजील्यान्डले पहिले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो। टस जितेर पहिलो ब्याटिङ रोजेको न्युजील्यान्डले कोलिन डी ग्रान्डहोमको व्यक्तिगत ५५, मार्टिन गप्टिलको ३३, रस टेलरको २७ रनको मद्दतले उच्च स्कोर खडा गर्न सफल भएको थियो।

जितका लागि १८१ रनको लक्ष पछ्याएको इङ्ल्याण्डले राम्रो सुरुआत गरे पनि अन्तिम पाँच विकेट १० रनमै गुमाएको थियो। पन्ध्रौं ओभरमा १३९ रन बनाउँदा दुई विकेट मात्र गुमाएको र राम्रो लयमा रहेको इङ्ल्यान्डको टोली त्यसपछि नाटकीय रुपमा पतन भएको थियो।

इङ्ल्यान्डका लागि डाविड मलान (५५) र जेम्स भिन्स (४९) ले राम्रो आधार तयार गरेका थिए। इङ्ल्याण्डले निर्धा्रित २० ओभरमा सात विकेटको क्षतिमा १६६ रन मात्र बनाएको थियो।

हारपछि प्रतिक्रिया दिँदै इङ्ल्यान्ड टोलीका कप्तान इयोन मर्गनले आफ्नो टोलीका नयाँ सदस्यहरुमा अनुभवको कमी देखिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad