सनराईज बैंकले व्यापार विस्तारका लागि थप ३ अर्वको ऋणपत्र जारी गर्ने भएको छ।
बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूँजी बजारको विस्तारका लागि बुधबार (भोली)बाट सो रकम बराबरको ऋण पत्र निश्कासन गर्ने जानकारी गराएको हो। वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदरमा सो ऋण पत्र जारी हुँदैछ।
निरन्तर उच्च प्रतिफल लिईरहने ग्राहकका लागि सो ऋण पत्र अति उपयोगी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताए। बैंकको ऋण पत्र ७ वर्ष अवधिको हुनेछ। त्यसको ब्याजको भुक्तानी ६/६ महिनामा गर्ने योजना पनि तय गरिएको बैंकले जनाएको छ।
बैंकका ऋण पत्र चाँडोमा कार्तिक २४ गते र त्यस भित्र विक्री नभएमा मंसीर १९ गतेसम्म विक्री खुला हुने समय पनि निर्धारण गरिएको छ। सो ऋण पत्रको निष्काशन तथा बिक्री प्रबन्धक भने सिद्धार्थ क्यापिटल रहेको छ। ऋण पत्रका लागि सो बैंकको सबै कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए।

प्रतिक्रिया