भारतीय पूर्व क्रिकेटर तथा भारतीय जनता पार्टी (भाजपा)का सांसद गौतम गम्भीरले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार इस्लामिक स्टेट कश्मीरको नामबाट उनलाई ज्यान मार्ने धम्की आएको हो।
प्रहरीले अहिले यस विषयमा अनुसन्धान चलिरहेको र गम्भीरको घरअघि सुरक्षा व्यवस्था कडा पारिएको बताएको छ। समाचारमा उल्लेख गरिएअुनुसार इमेलबाट गम्भीरलाई यस्तो धम्की दिइएको हो। यद्यपि यस विषयमा विस्तृतमा भने कुनै जानकारी दिइएको छैन।
गौतम गम्भीरले १५ वर्षसम्म भारतीय टोलीबाट क्रिकेट खेलेका थिए । उनले सन् २०१८ मा क्रिकेटबाट सन्यास लिएका थिए। सन् २०१९ मा लोकसभा निर्वाचनमा पूर्वी दिल्लीबाट भाजपाको टिकटमा उनले जित हात पारेका थिए।
108
Shares
प्रतिक्रिया