च्याम्पियन्स लिगको समूह एच अन्तर्गत बुधबार बिहान भएको खेलमा चेल्सीले युभेन्टसलाई ४–० गोल अन्तरले पराजित गरेको छ।
चेल्सीलाई जित दिलाउन ट्रेभोह चालोबाह, रिस जेम्स, कालुम हुड्सन होडोइ र टिमो वेर्नरले एक/एक गोल गरे। पहिलो हाफमा १-०ले खेलमा अग्रता लिएको चेल्सीले दोस्राे हाफमा थप तीन गोल थपेको हो। युभेन्टसले भने खेलमा कुनै गोल फर्काउन सकेन।
फराकिलो जितसँगै चेल्सी समूहको शीर्षस्थानमा आइपुगेको छ। यद्यपि युभेन्टसले यसअघि नै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरिसकेको छ।
चेल्सीले पाँच खेलबाट १२ अंक पाएको छ भने समान खेलबाट समान अंक पाएको युभेन्टस गोल अन्तरको आधारमा चेल्सीभन्दा पछि छ।
99
Shares

प्रतिक्रिया