ad ad

खेल


यू-१९ क्रिकेट : प्रदेश १ को विजयी सुरुवात

यू-१९ क्रिकेट : प्रदेश १ को विजयी सुरुवात

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १७:२९, काठमाडौँ

काठमाडौमा सुरु यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ। 

मंगलबार भएको उद्घाटन खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

प्रदेश १ ले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ३१.४ ओभरमा १ सय ४९ रनमा अल आउट भयो। 

बागमतीका विपिन शाहीले ५७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४३ रनको योगदान दिए। 

विवेक मगरले ४२ रन थपे। तेस्रो विकेटका लागि विपिन र विवेकले ८६ रनको उत्कृष्ट साझेदारी गरे पनि टोलीको हार टार्न भने सकेनन्। ओपनर सुर्यान्शु कोइराला ५ र उत्तम मगर ४ रनमा पवेलियन फर्के। 

प्रदेश १ का लव कामतले ६ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए। स्पिनर दीपेश कँडेलले ३ तथा दीपक जोशीले १ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश एक ४५.३ ओभरमा १ सय ७५ रनमा अल आउट भयो। 

लव कामतले ६९ बलमा ५ चौका सहित ३३ रनको योगदान दिए। दीपक जोशीले ३३,  सोनु अन्सारीले ३२ तथा दीपेश कँडेलले २३ रन थपे। 

बागमतीका कृश कार्की र तिलक भण्डारीले समान ३ विकेट लिए। कप्तान प्रतिश जिसीले २ विकेट लिए। गौतम केसी र विवेक मगरले १–१ विकेट लिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .