खेल


७० वर्षे उमेरमा दौडेर बनाएको कीर्तिमान तोड्ने प्रयासमा छन् डाइक्स

७० वर्षे उमेरमा दौडेर बनाएको कीर्तिमान तोड्ने प्रयासमा छन् डाइक्स

जिन डाइक्स।


नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १७:२१, काठमाडौँ

जिन डाइक्स आफ्नो जीवनको उत्तरार्धमा छन्। उमेरले सात दशक कटाइसकेका उनमा अझै पनि युवाजाेस र आत्मविश्वास देख्न सकिन्छ। 

उनी सन् २०१८ मा ७० वर्षभन्दा माथिको उमेर समूहमा सबैभन्दा छिटो म्याराथन पूरा गर्ने व्यक्ति बनेका थिए। उनले म्याराथन २ घण्टा ५४ मिनेट २३ सेकेण्डमा पूरा गरेका थिए। 

त्यसपछि सन् २०१९ मा उनले काँधको चोटको सामना गर्नुपर्‍यो र २०२० मा कोभिड–१९ को प्रतिबन्धको सामना गर्नुप¥यो। 

७३ वर्षका उनले गत अक्टोबरको सुरुमा वाडा डब्ल्यूएमएम एज ग्रुप च्याम्पियन्सिपमा सहभागी हुने अपेक्षा राखेका थिए। 

तर, उनको स्वास्थ्य अवस्थाको कारण उनलाई यो प्रतियोगितामा सहभागी हुन सहयोग मिलेन। 

यद्यपि उनले हार मानेनन् र दौडिने ढिपीलाई कायम राखे। उनको मेडिकल रिपोर्टले पनि दौडिन सक्ने अवस्था नरहेको देखाएको थियो। यद्यपि डाइक्स रोकिएनन् र दौडिइछाडे। 

अन्ततः उनले ५ घण्टा ३७ मिनेट ५६ सेकेण्डमा दौड पूरा गरे। उनी पछिल्लो चार वर्षयता आफ्नो उमेर समूहमा पहिलो स्थानमा रहँदै आएका छन्। यसपटक भने उनी पछि परे। 

गत महिना ७० वर्षको उमेर समूहमा म्याराथनमा अन्य दुई व्यक्तिले पनि तीन घण्टाभन्दा कम समयमा म्याराथन पूरा गरेका छन्। 

त्यसैले आगामी अप्रिलबाट ७४ वर्ष लाग्न लागेका डाइक्सले अब पहिलोपटक अहिलेसम्मकै कडा चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ। 

आफ्नो चोट निको पार्न र शरीरलाई ठीक अवस्थामा राख्न नोभेम्बरको मध्यदेखि डिसेम्बरको मध्यसम्म नियमित दौडिने योजना छैन। यद्यपि उनले आगामी जनवरीमा हुने हाफ म्याराथनमा भाग लिने अपेक्षा गरेका छन्। 

यसपटक भने डाइक्सले पहिलोपटक म्याराथनका लागि प्रशिक्षक राखेका छन्। उनले प्रशिक्षक राख्दा तरिका पु¥याएर दौडिन र शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने बताएका छन्। 

उनले सबै कुरा सोचेजस्तो भए आफूले आगामी वर्षमा यसअघिको रेकर्ड पनि तोड्ने विश्वास लिएका छन्। 

डाइक्स आफूले कसैको आकर्षणको लागि यो कीर्तिमान कायम नगरेको बताउँदै आफ्नै आत्मविश्वास बढाउनको लागि दौडिरहेकाले अझै केही वर्ष यो क्रमलाई निरन्तरता दिने बताउँछन्। 

उनले आगामी वर्ष अझै छिटो दौडिने प्रयास गर्ने र २०२३ मा आफू ७५ वर्षको हुँदा सन् २०१८ मा राखेको कीर्तिमान तोड्ने प्रयास गर्ने बताएका छन्। 

उनी उमेर समूह जुन भए पनि आफूमा अझै आत्मविश्वास रहेको र त्यसैको आधारमा दौडिने सोच बनाएको बताउँछन्। ट्रेलरनर म्यागजिनबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .