खेल


इंग्ल्याण्डको क्रिकेट क्लब एमसीसी नेपालसँग पराजित

इंग्ल्याण्डको क्रिकेट क्लब एमसीसी नेपालसँग पराजित

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार १०:३४,

सोमबार भएको एकदिवसीय क्रिकेटमा नेपाल भ्रमणमा रहेको एमससीलाई नेपाली टोलीले ५ विकेटले पराजित गरेको हो।

एमसीसीले दिएको २ सय २ रनको लक्ष्यलाई नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो।

नेपालको जितमा विनोद भण्डारीले ५२ रनको योगदान दिए। अर्धशतकीय इनिङ खेलेका भण्डारीले ४ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै पवन सरार्फले ३८ रनको योगदान दिए।
यसअघि आइतबार एमसीसीले नेपाली यू-१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो।

एक साता नेपालको भ्रमणमा रहने एमसीसीको टोलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगै, यू १९ क्रिकेट टोलीसँग टी–ट्वान्टी, एक दिवसीय र प्रथम श्रेणीको क्रिकेट खेल्ने तालिका तय भएको छ।
एमसीसीले ३ नोभेम्बरमा नेपालको यू १९ टोलीसँग र ४ नोभेम्बरमा राष्ट्रिय टोलीसँग एकदिवसीय खेलिसकेको छ। यस्तै ६ देखि ८ नोभेम्बर सम्म एमसीसी र नेपाल राष्ट्रिय टोलीबीच तीनदिवसीय प्रथम श्रेणीको क्रिकेट हुनेछ।

शनिबार एमसीसी टोली नेपाल आएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad