विभागीय त्रिभुवन आर्मी फुटबल क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ।
आर्मीले एक गोलले पछि पारेको अवस्थामा पुलिससँग १–१ गोलको बराबरीमा रोकिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पुलिसले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा आर्मीसँगा अंक बाड्न पुग्यो।
पुलिसका सन्तोष हेमरुनले गोल गर्दा आर्मीका वैकल्पिक मिडफिल्डर विवेक बस्नेतले बराबरी गोल फर्काए। खेलको दोस्रो मिनेटमा सन्तोष तामाङको फ्रिकिकलाई पुसिलका गोलरक्षक शत्रुघन कुमार चौधरीले पञ्च गर्दै बचाए। १०औं मिनेटमा जर्जप्रिन्स कार्कीको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार आकासिदा आर्मी अग्रता लिनबाट चुक्यो।
५१औं मिनेटमा सन्तोष हेमरुनले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए। उनले तेज तामाङको फ्रिकिकलाई हेडरमार्फत सदुपयोग गरेका थिए। विकास तामाङले बुद्ध बल तामाङलाई फल गरेपछि पुलिसले फ्रिकिक पाएको थियो। ६१औं मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए।
बराबरीपछि दुवै टोलीको समान १ अंक भएको छ।
Shares

प्रतिक्रिया