खेल


धारा नेपालगञ्ज म्याराथन सातौं संस्करणको उपाधि एपीएफका किरणलाई

धारा नेपालगञ्ज म्याराथन सातौं संस्करणको उपाधि एपीएफका किरणलाई

नेपालखबर
मंसिर ५, २०७८ आइतबार १४:४८, काठमाडौँ

धारा नेपालगञ्ज म्याराथनको सातौं संस्करणको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले जितेका छन्। 

१३ औँ दक्षिण एशियाली खेलकुद सागका स्वर्ण पदक विजेता बोगटीले २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै उपाधि जितेका हुन्। बोगटीले एक लाख रुपैयाँ पुरस्कार पाए। बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधि जितेका हुन्। 

दोस्रो भएका रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरे। एपीएफकै सन्तोष विष्टले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए। दोस्रो भएका रावलले ५० हजार, तृतीय भएका विष्टले २५ हजार रुपैयाँ पुरस्कार पाए। 

हाफ म्याराथनको उपाधि भने धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छिन्। एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथनको उपाधि आफ्नो पोल्टामा पारेकी हुन्। 

सागकी स्वर्ण पदक विजेता श्रेष्ठले हाफ म्याराथन एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरिन्। हाफ म्याराथन विजेता श्रेष्ठले ५१ हजार रुपैयाँ पाइन्। 

एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेकी छन्। हाफ म्याराथनमा विन्दु हमाल तृतीय, सरस्वती बोहरा चौथो, साधना शाही पाँचौ, कल्पना थारु छैठौं र चन्द्रमाया रावत सातौं भए। द्वितिय भएकी भण्डारीले २५ हजार, तृतीय भएका हमालले १५ हजार, चौथो भएका बोहराले १० हजार, पाँचौ भएका शाहीले ८ हजार, छैठौं भएका थारुले सात हजार र सातौं भएका रावतले ६ हजार रुपैयाँ पुरस्कार पाएका छन्। 

१० किलोमिटर ओपन (पुरुष) मा मुकेश पाल प्रथम, तिर्थ पुन द्वितीय र सन्तोषनाथ योगी तृतीय भएका छन्। उनीहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाए। 

५ किलोमिटर ओपन (महिला) मा राजपुरा पछाई प्रथम, फूलमति राना द्वितीय र बन्दना बुढा तृतीय भएका छन्। उनीहरुले क्रमशः १५ हजार, १० हजार र सात हजार रुपैयाँ पुरस्कार पाए। 

५ किलोमिटर (छात्र) मा बादल कार्की प्रथम, अतुल गोडिया द्वितीय र दिपेन्द्र बोहरा तृतीय भएका छन्। उनीहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाए।  

३ किलोमिटर (छात्रा) मा सविता बुढा प्रथम, मन्जिता ऐडी द्वितीय र रविना शेष तृतीय भएका छन्। उनीहरुले क्रमशः ७ हजार, ५ हजार र तीन हजार रुपैयाँ पुरस्कार पाएका छन्। 
 

ह्वील चियरमा महेश चौधरी प्रथम, यज्ञबहादुर खत्री द्वितीय र चन्द्रबहादुर कामी तृतीय भएका  छन्। उनीहरुले सात हजार, ५ हजार र तीन हजार रुपैयाँ पुरस्कार पाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad