ad ad

राजनीति


मोरङमा कांग्रेस संस्थापन कमजोर : १२ प्रदेश निर्वाचन क्षेत्रमध्ये २ मा मात्रै जित

मोरङमा कांग्रेस संस्थापन कमजोर : १२ प्रदेश निर्वाचन क्षेत्रमध्ये २ मा मात्रै जित

कृष्ण बहाब
मंसिर ५, २०७८ आइतबार १७:३१, विराटनगर

विराटनगर : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मोरङमा प्रदेश निर्वाचन क्षेत्रका सभापतिमा कांग्रेसको शेरबहादुर देउवा समूह कमजोर देखिएको छ।

निर्वाचन परिणामअनुसार कांग्रेस संस्थापन समुहले १२ प्रदेश निर्वाचन क्षेत्रमा २ क्षेत्रमा मात्र सभापति जितेको हो। 

यहाँ शशांक-शेखर कोइराला, रामचन्द्र पौडेल समूह नै बलियो देखिएको छ। 

मोरङका १२ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये चार वटामा सर्वसम्मत भएपछि थप आठ वटामा सभापति चयन गर्न शनिबार निर्वाचन सम्पन्न भएको हो। 

आइतबार बिहान प्राप्त मत परिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा नरबहादुर तामाङ र ‘ख’ मा राजकुमार लामा निर्वाचित भएका छन्। लामा सर्वसम्मत भएका हुन।

यसैगरी निर्वाचन क्षेत्र नं. नम्बर २ ‘क’ मा कन्यैहालाल राजवंशी र ‘ख’ देवेन्द्र बस्नेत विजयी भएका छन्। कन्हैयालाल सर्वसम्मत भएका हुन। 

निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ गंगा याक्खा र ‘ख’ जगतलाल चौधरी, क्षेत्र नम्बर ४ ‘क’ मा एकाराम माझी र ‘ख’ मा सुवोध निरौला निर्वाचित भएका छन्।

निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ अचानु खाँ गन्गाई र ‘ख’ जितु साह विजयी भएका छन्। उनीहरु सर्वसम्मत भएका हुन। 

कांग्रेस नेता अमृत अर्यालको समर्थन र सहयोगमा निर्वाचित उनीहरु देउवा पक्षका उमेदवार हुन्।

मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ दिपक भगत र ‘ख’ मधुवाबु तिवारी विजयी भएका छन्। 

मत परिणामअनुसार जिल्लामा पौडेल-कोइराला समूह दह्रो देखिएको छ। निर्वाचनबाट हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन्। 

जिल्लाबाट जम्मा १९२ जना अधिवेशन प्रतिनिधिले प्रदेश पदाधिकारी चयन गर्न मत खसाल्ने छन्।

मोरङ कांग्रेसका अनुसार जिल्लामा जम्मा ३५५१ क्षेत्रीय प्रतिनिधि विजयी भएका थिए। 

प्रदेश प्रतिनिधि र पदाधिकारी चयन गर्न तीमध्ये करिब ९९ प्रतिशतले मत खसालेको पार्टी सचिव घिमिरेले जानकारी दिएका छन्।

मोरङको क्षेत्र नं १ ‘क’ २८३ र ‘ख’ मा ३७६, २ ‘क’ २९८ र ‘ख’ मा ३८४, ३ ‘क’ २५९ र ‘ख’ २६०, ४ ‘क’ ३५२ र ‘ख’ मा ३३८, ५ ‘क’ २४६ र ‘ख’ १९७, निर्वाचन क्षेत्र नम्बर ६ ‘क’ ३०४ र ‘ख’ मा २५४ मतदाता थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .