ad ad

खेल


लज्जास्पद हारपछि म्यानचेस्टर युनाइटेडबाट मुख्य प्रशिक्षक सोल्सार बर्खास्त

लज्जास्पद हारपछि म्यानचेस्टर युनाइटेडबाट मुख्य प्रशिक्षक सोल्सार बर्खास्त

नेपालखबर
मंसिर ५, २०७८ आइतबार १४:१९, काठमाडौँ

वाडफोर्डसँग लज्जास्पद हारपछि इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्नो मुख्य प्रशिक्षक ओले गुनर सोल्सारलाई बर्खास्त गरेको छ। 

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा युनाइटेडले वाटफोर्डसँग ४–१ को नमिठो हार भोगेपछि प्रशिक्षक सोल्सारलाई बर्खास्त गरेको हो। 

सोल्सारसँगै युनाइटेडको बोर्ड सदस्यबीच करिब ५ घण्टा बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो। तर आपसी समझदारीबाट अलग भएको कुरा पुष्टि गर्ने तयारी भइरहेको छ। 

सोल्सारले प्रिमियर लिग अन्तर्गत पछिल्ला पाँचमध्ये चार खेलमा हार भोगेपछि युनाइटेडका समर्थकहरु उनीविरुद्ध खनिएका थिए। 

उनको बर्खास्तीसँगै क्लबको प्रथम टिम प्रशिक्षक माइकल क्यारिक तथा टिमका टेक्निल निर्देशक ड्यारेन फ्लेचरलाई अन्तरिम प्रशिक्षक बनाइने जनाइएको छ। 

युनाइटेडको प्रशिक्षकका लागि टोलीमा जिनेदिन जिदान, बेन्डन रोजर्स र रोनाल्ड कोम्यानको नामहरु चर्चामा छन्। तर युनाइटेडले यो विषयमा बिस्तारै छलफल गर्ने बुझिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .