खेल


किरण चेम्जोङले माल्दिभ्सको माजियाबाट खेल्ने

किरण चेम्जोङले माल्दिभ्सको माजियाबाट खेल्ने

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७८ आइतबार १२:२, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले माजिया स्पोर्टस एन्ड रिक्रिएसन क्लबबाट माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल खेल्ने भएका छन्। 

किरणले शनिबार माल्दिभ्सको क्लबसँग एक वर्षका लागि सम्झौता गरेका हुन्। यसअघि माल्दिभ्सकै टिसी स्पोर्ट्सका लागि खेलेका उनी उत्कृष्ट गोलरक्षक समेत बनेका थिए। 

किरणले यसअघि भारतको राउन्ड ग्लास पन्जाबको कप्तानी गरेका थिए। त्यसअघि मिनेर्भा पन्जाबबाट आइलिग जितेका उनी त्यहाँ पनि उत्कृष्ट गोलरक्षक घोषित भएका थिए।

किरणकै कप्तानीमा नेपालले गत महिना माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुग्दै उपविजेता बनेको थियो। भारतसँगको फाइनलमा नेपाल ३-० ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad