अमेरिकी राष्ट्रपति जो बाइडेन चीनको बेइजिङमा आगामी फेब्रुअरीमा हुने विन्टर ओलम्पिक कूटनीतिकरुपमा नै बहिष्कार गर्ने प्रयासमा जुटेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनलाई सिन्चियाङ प्रान्तमा रहेका वीगर मुसलमानको अधिकार हनन गरेकोमा चीनमाथि दबाब बढाउन बाइडेनले कूटनीतिक तवरबाटै विन्टर ओलम्पिक बहिस्कार गर्ने तयारी गरेका हुन्।
यद्यपि उनले कस्तो कदम चाल्ने भन्नबारे छलफल भइरहेको उनको भनाइ छ।
बिहीबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको भेटमा उनले आफूहरु छलफलमा रहेको बताएका हुन्। यद्यपि अहिलेसम्म अमेरिकाले आफ्ना खेलाडीलाई चीन नपठाउने निर्णय भने गरेको छैन।
विन्टर ओलम्पिकलाई जुनसुकै हिसाबमा बहिस्कार गरे पनि त्यसले अमेरिका–चीन द्वन्द्व भने बढाउने निश्चित छ। शुक्रबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले सिन्चियाङको मुद्दामा विदेशी हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। साथै यो विषयलाई लिएर खेललाई राजनीतिकरण गरिनु गलत हुने उनको बुझाइ छ। यस्तो कार्यले विश्वभरका खेलाडीलाई चोट पुग्ने उनले बताए।
Shares

प्रतिक्रिया