खेल


सातदोबाटो युथ क्लव र फ्रेण्ड्स क्लवबीच गोलरहित बराबरी

सातदोबाटो युथ क्लव र फ्रेण्ड्स क्लवबीच गोलरहित बराबरी

नेपालखबर
मंसिर ३, २०७८ शुक्रबार १८:५५, काठमाडौँ

नवप्रवेशी सातदोबाटो युथ क्लवले कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लवसँग गोलरहित बराबरी गरेको छ।   

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको उद्घाटन खेलमा १० खेलाडीमा समेटिएको फ्रेण्ड्स क्लवले  सातदोबाटोलाई बराबरीमा रोक्दै अंक खोसेको हो। 

ए डिभिजनमा ड्ब्यु खेल खेलिरहेको सातदोबाटोले फ्रेण्डस् क्लवलाई दबाबमा राखेपनि गोल गर्ने सुन्दर मौकाको सदुपयोग गर्न भने सकेन। 

पहिलो हाफको ११ औँ मिनेटमा सातदोबाटोका कप्तान मान बहादुर तामाङले  डिबक्समा दिएको पासलाई सुशिल राईले पोष्टको दिशा दिन सकेनन्।

१९ औँ मिनेटमा सातदोबाटोका सिफामन्ड्ला एसेलोलाई खराब ट्याकल गरेपछि फ्रेण्ड्सका अनिल महर्जनले पहेलो कार्ड पाए। घाईते एसेलोले २३ औँ मिनेटमा मैदान छाडे। खेलको १९ औँ मिनेटमा आकाश बुढामगरको फ्रिकीक पोष्ट माथिबाट बाहिरियो। 

खेलको ५७ औँ मिनेटमा सातदोबाटोका कप्तान मान बहादुरको प्रहार किपरले पन्च गर्दै बचाए। ५९औँ मिनेटमा सकल रेग्मीको प्रहार क्रस बारमा लागेर फर्किदा फ्रेण्डसले अग्रता बनाउने सुन्दर मौका गुमाउन पुग्यो। ६६ औँ मिनेटमा फ्रेण्ड्सका जमौला एन्थोनिले डिबक्स बाहिरबाट हानेको प्रहार सातदोबाटोका पिटनर सेगुनलाई रिफ्लेक्ट हँदै गएको बललाई किपरले मुस्कीलले पन्च गर्दै बचाए। 

७५ औँ मिनेटमा सातदोबाटोको प्रशान्त अवस्थीको प्रहार पोष्टको नजिकैबाट बाहिरिए। ७६ औँ मिनेटमा रोनियल एन्थोनी पउलले दोहोरो पँहेलो कार्ड खाँदै मैदान छाडेपछि फ्रेण्डस् १० खेलाडीमा सिमित भयो। उनले ६१ औँ मिनेटमा पहिलो पँहेलो कार्ड पाएका थिए। 

८२ औँ मिनेटमा सातदोबाटोका निरज चौधरीको प्रहारलाई किपर राहुल रामचन्द्र यादवलले बचाएपनि रिबाउण्डमा आएको बललाई पुनः चौधरीले प्रहार गरे पनि पोष्टको दिशा दिन भने सकेनन्। 

लिगमा शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा र संकटा क्लव तथा दोस्रो खेलमा च्यासल युथ क्लव र रुस्लान थ्रीस्टार क्लव भिड्नेछन्। पहिलो खेल दिउँसो १ बजे तथा दोस्रो खेल पौने ५ बजे दशरथ रगंशालामा हुनेछ। 

लिगको उपाधि विजेताले ७५ तथा उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad