खेल


एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपका लागि २० खेलाडी छनौट

एभीसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपका लागि २० खेलाडी छनौट

फाइल फाेटाे


नेपालखबर
मंसिर ३, २०७८ शुक्रबार १६:१९, काठमाडौँ

बंगलादेशमा हुने एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपका लागि २० खेलाडीले प्रारम्भिक चरणमा स्थान बनाएका छन्। 

प्रारम्भिक टोलीमा तीन खेलाडीले पूनरागमन गर्दा दुई नयाँ खेलाडीले स्थान बनाएका छन्। टोलीमा मानबहादुर श्रेष्ठ, दिल बहादुर सुनार र भैरव बमले पूनरागमन गर्दा झमन सिंह दर्जी र धिरज बस्नेतले पहिलोपटक प्रारम्भिक टोलीमा स्थान बनाएका छन्। 

सन् २०१९ मा भएको १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा मानबहादुर र दिल बिच भलिबलको टोलीमा थिए। 

गत असोजमा एनभिए च्याम्पियनसिपमा धिरज बस्नेतले बुढानिलकण्ठ भलिबल क्लबबाट खेलेका थिए। झमनसिंहले पुलिसबाट व्यवसायिक खेल्दै आएका छन्। 

छनोटको लागि सातै प्रदेशबाट २–२ जना र एनभिए च्याम्पियनसिपबाट छनोट भएको गरी ३३ जनाले छनोटमा प्रतिस्पर्धा गरेको नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्केले बताईन््। 
टोलीको बन्द प्रशिक्षण पनि शुक्रबारबाट नै सुरु भएको छ। पुरुष टोलीको पनि दैनिक दुई सत्रमा प्रशिक्षण हुनेछ। 
 

एभीसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आगामी डिसेम्बर २१ देखि २९ सम्म हुँदैछ। 

बन्द प्रशिक्षणमा छनोट भएका २० खेलाडी 
इम बहादुर राना, हरि थापा, दुर्गा महतो, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, धिरज बस्नेत, राजेन्द्र विष्ट, टेकराज अवस्थी, विजय थापा, दिलबहादुर सुनार, हरि बहादुर अधिकारी, दुर्गाबहादुर खड्का, भैरव बम, दिपकराज जोशी, विशाल विक, सरन सामरी क्षेत्री, रविन चन्द, झमनसिंह दर्जी, विनोद चन्द र इश्वर थापा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad