खेल


विन्टर ओलम्पिकअघि चीनको बेइजिङमा बढाइयो प्रतिबन्ध

विन्टर ओलम्पिकअघि चीनको बेइजिङमा बढाइयो प्रतिबन्ध

नेपालखबर
मंसिर ३, २०७८ शुक्रबार १४:३२, काठमाडौँ

विन्टर ओलम्पिक सुरु हुनुपूर्व चीनको राजधानी सहर बेइजिङमा कोरोना संक्रमण नियन्त्रणको लागि सुरक्षा सतर्कता बढाइएको छ। आगामी फेब्रुअरीमा हुन गइहेको विन्टर ओलम्पिकमा संक्रमण शून्यमा झार्ने नीतिअनुसार सतर्कता बढाइएको हो।

जसअनुसार अहिले बेइजिङ प्रवेशमा कडाइ गरिएको छ भने हजारौं खेलाडीको दैनिक कोरोना परीक्षण गरिरहेको छ। खेलाडीहरुलाई संक्रमण सर्न नदिन उनीहरुलाई छुट्टाछुट्टै राख्ने चीनको तयारी छ। 

गत साता अधिकारीहरुल विमानस्थलमा परीक्षण गर्दा एकजना खेलाडीमा कोरोना संक्रमण देखिएको बताएका थिए। त्यससँगै अहिले सतर्कता बढाइएको हो। 

बेइजिङमा आन्तरिक पर्यटकले पनि भ्रमणका लागि पछिल्लो ४८ घण्टामा गरेको कोरोना परीक्षणको नेगेटिभ आएको रिपोर्ट पेश गर्नुपर्नेछ। त्यस्तै मुलुकको संक्रमणको जोखिम रहेको स्थानबाट आउने उडानमा पनि रोक लगाइएको छ। 

चीनले विन्टर ओलम्पिकलाई आफ्नो कोरोना संक्रमण न्यूनीकरणको क्षमता परक्षिणको रुपमा लिएको छ। आयोजकले पनि यो प्रतियोगिताको लागि कोरोना संक्रमण निकै ठूलो चुनौती रहेको बताएको छ।

अमेरिकालागतयका केही मुलुकले चीनको सिन्चियाङका साथै हङकङ र तिब्बतमा मानव अधिकार हनन भएको मुद्दालाई लिएर विन्टर ओलम्पिकमा सहभागी नहुने अभियान पनि चलाइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad