खेल


कतारसामु नेपालद्वारा १ सय ६५ रनको लक्ष्य प्रस्तुत

कतारसामु नेपालद्वारा १ सय ६५ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
मंसिर २, २०७८ बिहिबार १७:४०, काठमाडौँ

सीता राना मगरको विष्फोटक ब्याटिङमा कतारसँगको अन्तिम टि–२० आई क्रिकेटमा नेपालले घरेलु टोली सामु १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो। 
ओपनर सिता रानामगर ८२ र सरिता मगर १७ रनमा नटआउट रहे। चौथो विकेटका लागि सीता र सरिताले ४२ रनको साझेदारी गरे। 

सीताले ७२ बलमा ७ चौका मद्दतमा ८२ रनको अविजित पारी खेलिन्। टि–ट्वान्टी आई क्रिकेटमा महिला क्रिकेट टोलीको तर्फबाट सीताले जोडेको यो सर्वाधिक रन हो। ११ बलको सामना गरेकी सरिताले १ चौका हानिन्। 

दोस्रो विकेटका लागि सीता रानामगर र ज्योति पाण्डेले ६७ रनको साझेदारी गरे। पाण्डेले २० बलमा १ चौका हान्दै २४ रन थपिन्। 

नेपालकी सीता रानामगर टि–२० आईमा अर्धशतक पुरा गर्ने तेस्रो नेपाली खेलाडी बनेकी छिन्। यसअघि कतारसँगकै दोस्रो खेलमा कप्तान रुविना क्षत्रीले अर्धशतक पुरा गरेकी थिइन्।

पहिलो खेलमा इन्दु बर्माले अर्धशतक प्रहार गर्दै कीर्तिमान राखेकी थिइन्। ओपनर काजल श्रेष्ठ ७ र डोली भट्ट १२ रनमा पवेलियन फर्किइन्। 

नेपालले कतारलाई पहिलो खेलमा १ सय १९ र दोस्रो खेलमा ६१ रनले हराउँदै एक खेल अगावै सिरिज २–० जितिसकेको छ। 

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो पटक डब्लूटी २० आई सिरिज जितेको हो। 

सिरिजपछि नेपाली टोली शुक्रबार आईसीसी वुमन्स टि२० एसिया छनोटका लागि युएईतर्फ लाग्नेछ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि–२० विश्वकपको एशिया छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्रले भाग लिनेछन्। विजेता टोलीले आगामी वर्ष हुने टि–२० ग्लोबल छनोट खेल्न पाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad