युरोकप २०२०को उपाधि जितेको इटालीले फिफा विश्वकप २०२२ खेल्न प्ले अफ खेल्नुपर्ने भएको छ। मंगलबार बिहान भएको युरोपेली छनोट अन्तर्गतको समूह सीको खेलमा इटाली नर्थन आयरल्याण्डसँग बराबरीमा रोकिएको हो।
अर्को खेलमा स्वीट्जरल्याण्डले बुल्गेरियालाई ४–० ले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्यो। स्वीट्जरल्याण्डले ८ खेलबाट १८ अंक हात पा¥यो। इटाली समान खेलबाट १६ अंक हात पार्दै समूहको दोस्रो स्थानमा रहन पुग्यो।
इटाली विश्वकपमा सोझै छनोट हुनलाई नर्दन आयरल्याण्डलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने थियो। तर, इटालीले नर्दन आयरल्याण्डविरुद्ध एक गोल पनि गर्न सकेन।
नर्दनआयरल्याण्डले भने अपेक्षाविपरीति राम्रो प्रदर्शन गरेको छ। उसले पछिल्ला केही खेलमा राम्रो प्रदर्शन गर्दै ८ खेलबाट ९ अंक हात पारेको छ। आयरल्याण्ड समूहको तेस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया