ad ad

खेल


राखेपका नौ बोर्ड सदस्यलाई पनि हटाउँदै खेलकुद मन्त्रालय

राखेपका नौ बोर्ड सदस्यलाई पनि हटाउँदै खेलकुद मन्त्रालय

नेपालखबर
कात्तिक २८, २०७८ आइतबार १७:१२, काठमाडौँ

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यसँग स्पष्टीकरण सोधेको छ। 

राखेपका पूर्वसदस्यसचिव रमेश कुमार सिलवाललाई पदमुक्त गरेपछि बोर्ड सदस्यले पनि स्वतः राजीनामा दिनुपर्ने भए पनि नदिएपछि मन्त्रालयले स्पष्टीकरण मागेको स्रोतले बताएको छ।

‘मन्त्रीस्तरीय निर्णयबाट हामीले राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टीकरण मागेका छौँ, उहाँहरुको जवाफ कस्तो किसिमले आउँछ त्यसपछि थप निर्णय गर्नेछौँ’, स्रोतले भन्यो, ‘स्पष्टीकरण सोध्नु भनेको बाटो खुलाइदिनु भनेको नै हो तर जवाफ कसरी आउँछ भन्ने मुख्य कुरा हो। सकारात्मक जवाफ आएमा राम्रोसँग विदाइ हुन्छ त्यस्तो नभए हटाउन बाध्य हुन्छौँ।’ 

शुक्रबार बसेको मन्त्रीस्तरीय निर्णयले राखेपको बोर्ड सदस्यसँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। सोहीअनुसार तीन दिनभित्र जवाफ दिन आइतबार पत्र पठाइसकेको स्रोतले बतायो।   

यसलाई राजनीतिक हिसाबले नलिईकन मन्त्रालयलाई सहयोग गर्दै खेलकुद बुझेका व्यक्तिलाई मनोनीत गर्ने तयारी गरेको मन्त्रालयकाे दाबी छ। 

तत्कालीन युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माले रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुन केसी, गोपाल खनाल, गोबिन्द भट्टराइ, इन्दिरा निरौला र  रिम रानाभाटलाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए। 

वर्तमान सरकारले गत कात्तिक १ गते राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई पदबाट मुक्त गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .