खेल


ए डिभिजन लिग फुटबल सर्‍यो, अब मंसिर ३ गतेदेखि

ए डिभिजन लिग फुटबल सर्‍यो, अब मंसिर ३ गतेदेखि

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०७८ बिहिबार १८:४१, काठमाडौँ

ए डिभिजन लिग फुटबल प्रतियोगिता ४ दिन पर सरेको छ।

कात्तिक २९ गतेका लागि तय गरिएको लिगको अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति ४ दिन पर सारेको हो।

यस सिजनको लिग मंसिर ३ गतेदेखि सुरु हुने एन्फाले जनाएको छ। अब लिगका खेलहरु शुक्रबार, शनिबार र आइतबार मात्र खेलाइनेछ।

‘क्लबहरूसँगको सल्लाहमा साताको अन्तिम तीन दिन लिगका खेल गर्ने भएपछि मिति केही दिन सरेको हो', एन्फा महासचिव इन्द्रमान तुलाधरले भने, 'अब लिगको सबै खेल शुक्रबार, शनिबार र आइतबार मात्रै हुनेछ।’

एन्फाका अनुसार उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्ड्स क्लब खेल्नेछन्। एन्फाले बिहीबार मात्रै लिगको प्रत्यक्ष प्रशारणका लागि सम्झौता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad