भारतका प्रख्यात् क्रिकेटर विराट कोहलीकी छोरीलाई बलात्कार गर्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
मुम्बई प्रहरीको आईटी सेलले हैदराबादबाट २३ वर्षीय आरोपितलाई पक्राउ गरेको हो। उनलाई मुम्बई ल्याइएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार पक्राउ परेका व्यक्तिको नाम रामनागेश अलिबथिनी हो। मिडिया रिपोर्टका अनुसार आरोपित व्यक्ति इन्जिनियर हुन् र खाना वितरण एपमा काम गर्छन्।
कहिले दिइयो बलात्कारको धम्की?
टी–२० विश्वकपमा भारतले लगातार हार बेहोरेको छ। पाकिस्तानपछि भारत न्युजिल्यान्डसँग पनि हार्यो। त्यसपछि खेलाडीहरू आलोचकको निशानामा परे।
सामाजिक सञ्जालमा केही व्यक्तिले विरोधको सीमा नाघेर विराटकी छोरीलाई धम्की दिन थाले।
यस क्रममा आरोपितले कोहलीकी छोरी वामिकाका लागि अभद्र शब्द प्रयोग गरेको र बलात्कारको धम्की दिएको बताइएको छ।
Shares

प्रतिक्रिया