खेल


टी-२० विश्वकप : स्कटल्याण्डविरुद्ध भारत ८ विकेटले विजयी

टी-२० विश्वकप : स्कटल्याण्डविरुद्ध भारत ८ विकेटले विजयी

नेपालखबर
कात्तिक १९, २०७८ शुक्रबार २२:७, काठमाडौँ

भारतले टी-२० विश्वकप क्रिकेट प्रतियोगिताबाट यसअघि नै बाहिरिइसकेको स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ। 

भारतले टस जितेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले दिएको ८६ रनको चुनौती भारतले ६.३ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको हो। 

एकतर्फी खेलमा भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद शामीले ३-३ विकेट लिन सफल भए। 

जसप्रित बुमराहले दुई तथा रविचन्द्रन आश्विनले एक विकेट लिए । यससँगै भारतले अन्तिम चारको सम्भावना बचाइराखेको छ।

भारतलाई जिताउने क्रममा ब्याटिङतर्फ ओपनर केएल राहुलले ५० रन र रोहित शर्माले ३० रन बनाए। 

उता पराजित स्कटल्यान्डका ब्राड ह्वील र मार्क वाट्टले एक–एक विकेट झारेका थिए।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १७ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर केवल ८५ रन जोडेको थियो। ​स्कटल्यान्डका जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे।

यो जितपछि भारतले चार खेलबाट चार अंक जोडेको छ। भारतले दुई खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ।

यो समूहबाट चार खेल जित्दै पाकिस्तान सेमिफाइनलमा पुगेको छ। चारमध्ये तीन खेल जितेको न्यूजिल्यान्ड दोस्रो स्थानमा छ।

अफगानिस्तानको पनि चार खेलमा चार अंक छ । तर रन रेटमा भारतले उछिनेको छ।​ स्कटल्यान्डले खेलमा हार भोगेको छ।

भारतले अब समूह चरणको अन्तिम खेल नामिबिया र न्यूजिल्यान्डले अफगानिस्तानसँग खेल्नेछ्न्। 

भारतले सेमिफाइनलमा प्रवेशका लागि नामिबियालाई ठूलो अन्तरले हराउनुपर्छ। उता अफगानिस्तानले न्यूजिल्यान्डलाई पराजित गर्नुपर्छ ।रन रेट पनि भारतको पक्षमा भएमा अन्तिम चारमा पुग्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad