ज्योति विकास बैंकले नुवाकोटकाे विदुर-३ खड्गभन्ज्याङ स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई कम्प्युटरहरू प्रदान गरेको बैंकले जनाएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख मोहन राज गिरिले श्री प्रगतिशील माध्यमिक विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेललाई कम्प्युटर हस्तान्तरण गरे।
बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सूचना प्रविधि सम्बन्धी सीपको विकास गर्न, विद्यार्थीहरुमा प्रयोगात्मक सिप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्याउने हेतुले सो विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई सहयोग गरेको जनाएको छ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
Shares

प्रतिक्रिया