खेल


नेपाललाई साफ च्याम्पियन्सिपको उपाधि जिताउँछु : अलमुताइरी

नेपाललाई साफ च्याम्पियन्सिपको उपाधि जिताउँछु : अलमुताइरी

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १४:२३, काठमाडौँ

दुई वर्षलाई सम्झौता नवीकरण गरेर फर्किएका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भावी योजना सार्वजनिक गरेका छन।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गरेपछि पहिलो पटक मंगलबार पत्रकार सम्मेलन गरेर उनले आफ्ना योजना सार्वजनिक गरेका हुन्। 

पत्रकार सम्मेलनका क्रममा अलमुतायरीले एसियन कपको तेस्रो चरणमा नेपालले राम्रो प्रर्दशन वाचा गरे। 

माल्दिभ्समा भएको साफ च्याम्पियन्सिपको फाइलनपछि घर फर्किएका उनी तीन दिनअघी नेपाल आएका थिए। 

अलमुताइरीले अर्को संस्करणको साफ च्याम्पियन्सिपको उपाधि नेपालले जित्ने गरी तयारीमा जुट्ने वाचा पनि गरेका छन्। 

उनले सबैले नेपाल फर्किन भनेपछि आफू आउन तयार भएको बताएका छन्। 'सबै खेलाडीले मसँग कुरा गरेका छन्', उनले भने, 'कर्मचारीले पनि मसँग कुरा गरे, मैले उनीहरुलाई नाइँ भन्न सकिनँ अनि फर्किएँ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad