ad ad

खेल


चार वर्षको सम्झौता गरेका नुनो चार महिनामै बर्खास्त

चार वर्षको सम्झौता गरेका नुनो चार महिनामै बर्खास्त

नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १८:१९, काठमाडौँ

टोटेनहमका मुख्य प्रशिक्षक नुनो इस्पिर्टो सान्टो ४ महिनामा नै बर्खास्त भएका छन्। 

शनिबार राति भएको खेलमा म्यानेष्टर युनाइटेडसँग ३-० ले पराजित भएपछि टोनहमले सान्टोलाई बर्खास्त गरेको हो। 

प्रिमियर लिगका पछिल्ला ७ मध्ये टोटेनहमले ५ खेलमा हार भोगेको छ। 

अंक तालिकाको आठौं स्थानमा रहेको टोटेनहमको शीर्षस्थानको चेल्सीको भन्दा १० अंक पछाडि छ।

टोटनहमका फुटबल निर्देशक निर्देशक फाबियो पाराटिकीले भने, 'मलाई थाहा छ नुनोले आफ्नो प्रशिक्षणमा क्लबलाई सफलता दिलाउन चाहान्थे, हाम्रो निर्णयका लागि दुःख लागेको छ।' 

४७ वर्षीय नुनोले क्लबसँग ४ वर्षको सम्झौता गरेका थिए। 

'नुनो एकदमै भद्र व्यक्ति हुन्, उनलाई यहाँ सधै स्वागत छ', पाराटिकीले थपे, 'हामी उनलाई उनको प्रशिक्षण टोलीलाई आगामी दिनको लागि शुभकामना दिन चाहान्छौँ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .