खेल


एएफसी यू–२३ एसियन कप छनोटः आज अन्तिम खेल खेल्दै नेपाल

एएफसी यू–२३ एसियन कप छनोटः आज अन्तिम खेल खेल्दै नेपाल

नेपालखबर
कात्तिक १४, २०७८ आइतबार ९:१, काठमाडौँ

एएफसी यू–२३ एसियन कप छनोट चरणबाट बाहिरिसकेको नेपाल आज अन्तिम खेल खेल्दै छ। 

अन्तिम खेलअन्तर्गत नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्ने भएको हो। आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको लडाइँ मात्र हो। किनकि दुवै देश छनोट चरणबाटै बाहिरिसकेका छन्। 

नेपाल र लेबनानबीच ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा अपराह्न पौने ५ बजे भिडन्त सुरु हुनेछ। 

आजको खेल जितेर नेपाल छनोट चरणबाट बाहिरिएको दुःखमा सान्त्वना प्राप्त गर्न चाहन्छ। लेबनानको लक्ष्य पनि त्यस्तै हो। 

छनोट प्रतियोगितामा विजेता बन्न समूह ‘बी’ का इरान र ताजकिस्तान प्रतिस्पर्धामा छन्। दुवै टोलीका समान २ खेलबाट ६/६ अंक छन्। समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कपमा सहभागी हुन पाउनेछ। 

पहिलो खेलमा इरानसँग ४–० तथा दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोलअन्तरले हारेपछि नेपाल छनोट चरणबाटै बाहिरिएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad