जाडो बढेसँगै इन्फुलुन्जा(फ्लू) र रुघाखोकीलाई बिरामीहरु धेरै देखिन थाल्छन्। रुघाखोकी एडिनो भाइरस, राइनो भाइरसले लगाउँछ भने फ्लु इन्फुलुन्जा भाइरसका कारण हुन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च यूनिट प्रमुख तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार रुघाखोकीका भाइरसहरु कडा हुँदैनन्। रुघाखोकीमा नाकबाट पानी बग्ने, हल्का ज्वरो आउँने, जिउ दुख्ने हुन्छ। तर फ्लुमा भने अचानक ज्वरो आउने, खोकी लाग्ने, छाती श्वासा हुने, जिउ दुख्ने, कसैकसैलाई पखाला लाग्ने हुन्छ।
रुघाखोकी भन्दा फ्लुले बढी जटिल अवस्था ल्याएको पाइन्छ। नेपालमा एकिन तथ्यांक नभएपनि अमेरिकाको तथ्यांक हेर्दा वर्षमा फ्लुको जटिलताका कारण वर्षेनी ५० हजार हराहारीमा मानिसहरुले ज्यान गुमाउँने गरेको डा. पुन बताउँछन्।
‘फ्लु बेलाबखत कडा भएर आउँछ। दुख दिन्छ,’ डा. पुन भन्छन्, ‘कहीवर्षको अन्तरालमा नेपालमा पनि केही दर्जन मानिसहरुको मृत्यु भइरहेको देखिएको छ। यसबाट प्रभावित हुनेको संख्या त अझै धेरै छ।’
जाडोमा देखिने तथा समान्य रुपमा लिइने फ्लु र रुघाखोकीबाट कसरी बच्ने त?
Shares
प्रतिक्रिया