इङ्ग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई हराएको छ।
शनिबार घरेलु मैदानमा भएको खेलमा सिटी क्रिस्टल प्यालेससँग २–० गोलअन्तरले हारेको हो।
विलफ्रिड जाहा र कोनर गालाघेरले दुई हाफमा एक–एक गोल गरेपछि १० खेलाडीमा सीमित सिटीलाई क्रिस्टिल प्यालेसले शुन्यका विरुद्ध २ गोलले हराएको हो।
जाहाले छैटौं मिनेटमै गोल गरेर प्यालेसलाई अग्रता दिलाएका थिए। काउन्टर अट्याकमा गालाघेरको पासमा जाहाले गोल गरेका थिए।
पहिलो हाफको इन्जुरी समयमा जाहालाई पेनाल्टी बक्समा लडाएपछि एमिरिक लार्पोटेलाई रातो कार्ड देखाइएको थियो, जसका कारण सिटी १० खेलाडीमा सीमित भएको थियो।
सिटीका गाब्रियल जिससले ६०औं मिनेटमा गोल गरे पनि भीएआरमा अफसाइड देखियो। खेल सकिन २ मिनेट बाँकी छँदा प्यालेसका गालाघेरले गोल आफ्नो टोलीलाई २–० को जित दिलाए।
योसँगै प्यालेस १२ अंकका साथ १३औं स्थानमा उक्लेको छ। उता शीर्ष स्थानको चेल्सीको भन्दा ५ अंक कम रहेको सिटी २० अंकका साथ तेस्रो स्थानमा छ।
Shares

प्रतिक्रिया