इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी विजयी भएको छ।
अर्कातिर उपाधि होडमा रहेको लिभरपुल बराबरीमा रोकिएको छ। डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी भने पराजित भएको छ।
उपाधि होड बलियो बनाउने क्रममा चेल्सीले न्युकासल युनाइटेडलाई ३-० गोलले हराएको छ। उसको जितमा खेलको दोस्रो हाफमारिस जेम्सले दुई गोल गरे। यस्तै जोर्गिन्होले पेनाल्टीबाट एक गोल थपे।
अर्कातिर उपाधि होडमा दौडिएको लिभरपुल ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकिएको छ। खेलको चौथो मिनेटमा जोर्डन हेन्डर्सन र २४ औँ मिनेटमा साडियो मानेले गोल गरेर अग्रता दिलाएका थिए।
तर उक्त अग्रतालाई लिभरपुलले जोगाउन सकेन। खेलको ४१ औँ मिनेटमा एनोक म्यपुले गोल गर्दै खेललाई २-१ को अवस्थामा पुर्याए।
त्यसपछि खेलको ६५ औँ मिनेटमा लेनार्डो ट्रोसार्डले गोल गरेपछि खेल २-२ को अवस्थामा पुग्यो।
अर्कातिर डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको छ।
क्रिस्टल प्यालेसका लागि वाइफर्ड जाहले छैटौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा प्यालेसले अर्को गोल गर्यो।
खेलको ४७ औँ मिनेटमा एमेरिक लापोर्टेले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित सिटीविरुद्ध ८८ औँ मिनेटमा कोनोर गल्लाघेरले गोल गर्दै २-० को जित दिलाए।
Shares

प्रतिक्रिया