स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ।
रियलले १० खेलाडीमा सीमित इल्चेविरुद्ध २-१ गोलको कठिन जित निकालेको हो। रियलको जितमा भिनिसियस जुनियरले २ गोल गोल गरे ।
उता पराजित इल्चेका पेरे मिल्लाले एक गोल फर्काउन सफल भए। रियलका लागि खेलको २२ औं मिनेटमा जुनियरले गोल गर्दै अग्रता दिलाए।
पहिलो हाफ १-० टुंगिएको अवस्थामा खेलको ६४ औँ मिनेटमा राउल गुटीले रातो कार्ड पाउँदा इल्चे १० खेलाडीमा सीमित भयो।
खेलको ७३ औँ मिनेटमा जुनियरले नै व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० को अग्रता दिलाउन सफल भए।
तर खेलको ८६ औं मिनेटमा मिल्लाले एक गोल फर्काउँदै खेललाई २-१ को अवस्थामा ल्याए। त्यसपछि दुवै टोलीबाट गोल नहुँदा रियल विजयी भयो।
यो जितपछि रियल ११ खेलबाट २४ अंकसहित लिगको शीर्ष स्थानमा पुगेको छ। पराजित इल्चे समान खेलबाट १० अंकसहित लिगको १५ औँ स्थानमा छ।
Shares

प्रतिक्रिया