खेल


क्रिकेट बोर्डले घुँडा टेक्ने निर्देशन दिएसँगै टोलीबाट बाहिरिए डि कक

क्रिकेट बोर्डले घुँडा टेक्ने निर्देशन दिएसँगै टोलीबाट बाहिरिए डि कक

नेपालखबर
कात्तिक १०, २०७८ बुधबार ७:६, काठमाडौँ

दक्षिण अफ्रिकाको क्रिकेट टोलीका पूर्व कप्तान क्विन्टन डि कक राष्ट्रिय टोलीबाट बाहिरिएका छन्।

दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले सबै खेलाडीलाई रंगभेदविरुद्ध ऐक्यबद्धता जनाउन खेलअघि घुँडा टेक्ने निर्देशन दिएसँगै डि कक टोलीबाट बाहिरिएका हुन्। डि ककले मंगलबार भएको टी–२० विश्वकप अन्तर्गतको वेस्ट इन्डिजविरुद्धको महत्वपूर्ण खेलमा भाग लिएनन्। 

दक्षिण अफ्रिकाको टोलीका कप्तान टेम्बा बभुमाले डि कक ‘व्यक्तिगत समस्या’को कारण आफैं टोलीमा नआएको बताएका छन्। 

डि ककले रंगभेदविरुद्धको ऐक्यबद्धतामा घुँडा टेक्न अस्वीकार गरेको यो पहिलोपटक भने होइन।

प्रायजसो सबै खेलमा खेलाडीहरुले रंगभेदविरुद्ध ऐक्यबद्धता जनाउन घुँडा टेक्दै आएका छन्। तर, डि कक भने यसमा सहभागी हुँदैनथे। 

यद्यपि सोमबार साँझ दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले दक्षिण अफ्रिकाका सबै खेलाडीलाई विश्वकपको बाँकी खेलमा खेल सुरु हुनुअघि घुँडा टेकेर रंगभेदविरुद्ध ऐक्यबद्धता जनाउन निर्देशन दिएको थियो। 

सन् २०२१ को सुरुमा वेस्ट इन्डिजविरुद्धको टेस्ट श्रृङ्खलामा पनि डि ककले घुँडा टेक्न अस्वीकार गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad