ओमान र यूएईमा भइरहेको आईसीसी टी–२० विश्वकपमा पूर्वविजेता वेस्ट इन्डिजले समूहचरणको खेलमा लगातार दोस्रो पराजयको सामना गरेको छ।
मंगलबार भएको खेलमा वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग आठ विकेटले पराजित भएको हो। मंगलबारको खेलमा वेस्ट इन्डिजले दिएको १४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १० बल बाँकी छँदै पूरा गरेको हो।
दक्षिण अफ्रिकाको जितमा एइडेन मार्कमले अविजित ५१ तथा रासी भान डेर डुसेनले अविजित ४३ रन प्रहार गरेका थिए। यससँगै दक्षिण अफ्रिकाले दुई खेलबाट दुई अंक जोडेको छ। वेस्ट इन्डिज भने दुवै खेलमा पराजय हुँदै अंकविहीन छ।
यसअघि दक्षिण अफ्रिका अष्ट्रेलियासँग पराजित भएको थियो भने वेस्ट इन्डिजलाई इंगल्याण्डले हराएको थियो।
36
Shares

प्रतिक्रिया